मेयरमा हारेका गुप्ता प्रदेशसभा सदस्यमा विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मेयरमा हारेका गुप्ता प्रदेशसभा सदस्यमा विजयी


७ मंसिर २०७९, बुधबार


रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ५ (२) मा जनमत पार्टीका चन्द्रकेश (सिके) गुप्ता विजयी भएका छन्।

गत स्थानीय तह निर्वाचनमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा पराजित गुप्ता प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। गुप्ताले नेपाली काँग्रेसका नेता एवं यसअघिका प्रदेशसभा सदस्य फकरुउद्दिन खाँनलाई पराजित गरेका हुन्।

गुप्ताले १२ हजार ९४१ मत पाएर विजयी हुँदा खाँनले ११ हजार ६५१ मत पाएका छन्। यद्यपि निर्वाचन आयोगले घोषणा भने गरिसकेको छैन। खाँन यसअघि लुम्बिनी प्रदेश सभामा नेपाली काँग्रेसका मुख्य सचेतक थिए।

यो क्षेत्रबाट २०७४ को स्थानीय तह निर्वाचनमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा उम्मेदवार बनेर पराजित भएपछि प्रदेश सभामा उम्मेदवार बनेर काँग्रेसका खाँन निर्वाचित भएका थिए।

संयोग नै मान्नुपर्छ यस पटक गुप्ता पनि मेयरमा पराजित भएर प्रदेश सभामा उम्मेदवार बनेपछि निर्वाचित भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस