काठमाडौँ-६ बाट राष्ट्रिय स्वतन्त्रका शिशिर खनाल निर्वाचित  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काठमाडौँ-६ बाट राष्ट्रिय स्वतन्त्रका शिशिर खनाल निर्वाचित 


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर-६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । उनी १४ हजार २०४ मतसहित प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले आठ हजार ९११ मत प्राप्त गरे । ०७४ मा यही क्षेत्रबाट जितेका नेपाली काँग्रेसका उम्मेदवार भीमसेनदास प्रधान आठ हजार ८०५ मतसहित तेस्रो स्थानमा रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस