डोटी प्रदेश सभा ‘ख’ मा माओवादीका ओली विजयी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डोटी प्रदेश सभा ‘ख’ मा माओवादीका ओली विजयी


७ मंसिर २०७९, बुधबार


डोटी । डोटी प्रदेश सभा ‘ख’ मा माओवादी केन्द्रका नेता शिव सिंह ओली विजयी भएका छन् । 

लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार समेत रहेका माओवादी डोटी जिल्ला ईन्चार्ज ओली एमाले उम्मेदवार टेक बमलाई ९१९ मतले पछि पार्दै विजयी भएका हुन् । 

विजयी ओलीले १४०४७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी बमले १३१२८ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले बताए । 

उक्त क्षेत्रमा तीन जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मोहन बमले १ हजार ३ सय २७ मत पाए । यहाँ ३० हजार २३४ मत खसेको थियो । १ हजार ३२ मत बदर भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस