कस्तो छ गोकुल बाँस्कोटाको मतान्तर अवस्था ? « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

कस्तो छ गोकुल बाँस्कोटाको मतान्तर अवस्था ?


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । सुरुवातदेखि नै कडा प्रतिष्पर्धा रहेको काभ्रे-२ मा उम्मेदवार गोकुल बाँस्कोटाले निरन्तर रूपमा मतान्तर घटाएका छन्। नेकपा एमालेका उम्मेदवार बाँस्कोटाले मतान्तर घटाएर ९४ मा पुर्‍याएका हुन्।

ताजा मतपरिणामअनुसार नेपाली काँग्रेसका शिवप्रसाद हुमागाईंले १३ हजार १२० मत ल्याउँदा बाँस्कोटाले १३ हजार २६ मत प्राप्त गरेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ४ हजार ६ सय ९५ मतसहित तेस्रो स्थानमा छन्।

यहाँ सुरुवातदेखि नै काँग्रेसका हुमागाईं र एमालेका बाँस्कोटाबीच कडा प्रतिस्पर्धा देखिएको हो। अघिल्लो निर्वाचनमा भने यो क्षेत्रबाट बाँस्कोटा निर्वाचित भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस