अष्ट्रेलियालाई हराउँदै फ्रान्सको विजयी सुरुआत « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अष्ट्रेलियालाई हराउँदै फ्रान्सको विजयी सुरुआत


७ मंसिर २०७९, बुधबार


दोहा । ओलिभर जिरुडको दुई गोल प्रेरित फ्रान्सले अस्ट्रेलियालाई ४-१ गोलको नतिजामा पराजित गर्दै फिफा विश्वकपमा शानदार सुरुवात गरेको छ। मङ्गलवार राति भएको खेलमा साबिक विजेता फ्रान्सको जितमा एड्रियन राबियो र किलियान एम्बाप्पेले १–१ गोल गरे।

अल जानोब रंगवशालामा भएको खेलको नवौँ मिनेटमा क्राग गुडविनले गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए। राबियोले २७ औँ मिनेटमा गरेको गोलसँगै फ्रान्सले बराबरी गरेको थियो। त्यसको पाँच मिनेट नबित्दै जिरुडको गोलमार्फत साबिक विजेता २–१ को अग्रता बनाउन सफल भयो।

पहिलो हाफमा २-१ ले अगाडि रहेको फ्रान्सले दोस्रो हाफमा अरू दुई गोल थप्यो। एम्बाप्पेले ६८औँ मिनेटमा गरेको गोलसँगै ३-१ को अग्रता बनाएको फ्रान्सका लागि ७१औँ मिनेटमा जिरुडले व्यक्तिगत दोस्रो गोल गर्दै ४-१ को जित सुनिश्चित गरे।

समूह ‘डी’अन्तर्गत मङ्गलवार राति नै भएको डेनमार्क र ट्युनिसियाबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो। बुधबार समूह ‘एफ’ र ‘ई’का खेल हुनेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस