काठमाडौँ-५ मा प्रदीप पौडेलको जीत निश्चित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काठमाडौँ-५ मा प्रदीप पौडेलको जीत निश्चित


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका उम्मेदवार प्रदीप पौडेल विजयी हुने निश्चित भएको छ । उनले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै विजय हासिल गर्ने निश्चित भएको हो । 

३ हजार ७७९ गन्न बाँकी हुँदा पौडेलले ४६११ मतान्तर बनाएका छन् । 

हालसम्म ४२ हजार २०८ मत गणना सकिइसकेको छ, जसमा पौडेलले १४ हजार ७७ मत प्राप्त गरेका छन् भने पोखरेलले जम्मा ९ हजार ४६६ मत प्राप्त गरेका छन् । 

अघिल्लो निर्वाचनमा पोखरेल सो क्षेत्रमा काँग्रेसका प्रकाशशरण महतलाई पराजित गर्दै विजयी भएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस