रसुवा प्रदेश १ मा काँग्रेस विजयी  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

रसुवा प्रदेश १ मा काँग्रेस विजयी 


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । रसुवा प्रदेश क्षेत्र नं. १ बाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका प्रभात तामाङ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुलप्रसाद भट्टले चार हजार ७७२ मत प्राप्त गरेका छन् । 

तामाङले आफ्ना प्रतिद्वन्द्वीभन्दा तीन हजार ४१४ मत बढी प्राप्त गरेको निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिए ।  

उक्त क्षेत्रमा एक स्वतन्त्र महिलासहित आठजना उम्मेदवार थिए । उक्त क्षेत्रमा १३ हजार ६५५ मत खसेकामा १३ हजार २८७ मत सदर भएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस