सुनसरी ३ : विजयकुमार गच्छदार तेस्रो स्थानमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुनसरी ३ : विजयकुमार गच्छदार तेस्रो स्थानमा


६ मंसिर २०७९, मंगलबार


सुनसरी । सातौँ पटक चुनावी प्रतिस्पर्धामा रहेका नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदार सुनसरी ३ को प्रारम्भिक मतगणनामा तेस्रो अवस्थामा छन् ।

अहिलेसम्म ३ हजार ९६३ मतगणना हुँदा गच्छदारले ८६८ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

लगातार छैटौँ पटक यसै निर्वाचन क्षेत्रबाट विजयी हुँदै आएका गच्छदार यस पटक सुरुआतदेखि नै पछि पर्दै आएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सुनसरी ३ मा अग्रता लिएको छ । कमलबाबु मैनालीले १ हजार ३६६ मतका साथ अग्रता लिएका छन् ।

नेकपा (एमाले)की उम्मेदवार भगवती चौधरी ९१३ मतका साथ दोस्रो स्थानमा रहेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस