रौतहट–१ मा माधव नेपालको अग्रता कायमै « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

रौतहट–१ मा माधव नेपालको अग्रता कायमै


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । रौतहट क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य तर्फको पछिल्लो मतगणनाअनुसार सत्ता गठबन्धन तर्फबाट उम्मेदवार रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार अध्यक्ष नेपाल १ हजार २०५ मतले अगाडि छन् । नेपालले ४ हजार ८२१ प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ताले ३ हजार ६१६ प्राप्त गरेका छन् ।

रौतहट क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यतर्फ विभिन्न पार्टीका आठ र नौ जना स्वतन्त्रसहित कूल १७ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस