मनाङ । मनाङमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् । उनी २ हजार पाँच सय ७५ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका पोल्देन छेवाङ गुरुङले दुई हजार २ सय ४७ मत प्राप्त गरेका छन् ।
मनाङमा कुल चार हजार आठ सय ४५ मत खसेको थियो ।