यस्तो छ अनुसन्धान विभागले बुझाएको चुनावी रिपोर्ट, काँग्रेस ठुलो पार्टी हुने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

यस्तो छ अनुसन्धान विभागले बुझाएको चुनावी रिपोर्ट, काँग्रेस ठुलो पार्टी हुने


५ मंसिर २०७९, सोमबार


Rastiya anusandhan bivag_raabiराष्ट्रिय अनुसन्धान विभाग

काठमाडौँ । निर्वाचनअघि सरकारी संयन्त्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको रिर्पोटमा प्रत्यक्षतर्फ काँग्रेस ठुलो पार्टी हुने रिर्पोट बुझाएको छ । निर्वाचन आयोगले मत प्रक्षेपण र सर्वेक्षण गर्नका लागि बन्देज लगाइएका कारण धेरै सर्वेक्षण गोप्य राखिएको छ ।

मतदानको केही दिनअघि राष्ट्रिय अनुसन्धान विभागले तयार पारेको चुनावी प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको प्रतिवेदनमा प्रत्यक्ष चुनावतर्फ नेपाली काँग्रेसले ५७ सीट र एमालेले ५१ सीट, माओवादी केन्द्रले २४, एकीकृत समाजवादीले १०, जनता समाजवादी पार्टीले ७ र लोसपाले ४ सीट हात पार्ने अनुमान गरिएको छ । राप्रपाले ४, अन्यले ६ र स्वतन्त्र ३ सीटमा विजयी हुने अनुमान गरिएको प्रतिवेदन सरकारी उच्च अधिकारीहरूले पढेको बताइन्छ ।

त्यसमध्ये प्रदेश नम्बर १ बाट काँग्रेस १०,एमाले १३,माओवादी २, एकीकृत समाजवादी,जसपा,राप्रपा र अन्यले १–१ सीट जित्ने भनिएको छ । मधेस प्रदेशबाट काँग्रेस १०, एमाले ७,माओवादी ३,एकीकृत समाजवादी १,जसपा ६, स्वतन्त्र २ र लोसपाले ३ सीट हात पार्ने गुप्तचर विभागको प्रतिवेदनमा अनुमान गरिएको छ ।

रिपोर्टमा भनिएको छ, बागमती प्रदेशमा काँग्रेस १२,एमाले १०, माओवादी ५,एकीकृत समाजवादी ३ र राप्रपा, स्वतन्त्र र नेमकिपाले एक एक सीट जित्नेछन् ।’ गण्डकीमा भने काँग्रेस र एमाले दुवैले ७–७ सीट,माओवादी ३ र राष्ट्रिय जनमोर्चा १ सीटमा विजयी हुने कोठे रिपोर्ट बुझाएर एमाले र काङ्ग्रेस दुबैलाई खुसी पार्न खोजिएको छ ।

लुम्बिनी प्रदेशमा पनि एमाले र काँग्रेसको टक्कर हुने अनुमान गरिएको छ । जसअनुसार दुवै पार्टीले ८–८ सीट ल्याउनेछन् । माओवादी केन्द्रले ५,एकीकृत समाजवादी, राप्रपा, लोसपा, जनमोर्चा र स्वतन्त्रले कम्तिमा एक एक सीट ल्याउन सक्ने भनिएको छ । रिपोर्टमा उल्लेख छ, ‘कर्णालीमा काँग्रेसले ४, एमालेले ३, माओवादीले ४, एकीकृत समाजवादीले २ र राप्रपाले १ सीट जित्ने पक्का छ ।’

त्यसै गरी सुदूरपश्चिम प्रदेशमा काँग्रेस ६, एमाले ५, माओवादी २, एकीकृत समाजवादी २ र नागरिक उन्मुक्ति पार्टी १ सीटमा विजयी हुने आकलन गरिएको छ ।

अनुसन्धान विभागको पछिल्लो रिपोर्टअनुसार हिजोको मतदानबाट काँग्रेसले ३३ दशमलव ९४ प्रतिशत, एमालेले ३२ दशमलव १२ प्रतिशत, माओवादी केन्द्र १४ दशमलव ५५ प्रतिशत र एकीकृत समाजवादीले ६ दशमलव ०६ प्रतिशत नतिजा हात पार्नेछन् । त्यसै गरी जसपाले ३ दशमलव ६४, राप्रपा र लोसपाले २ दशमलव ४२, स्वतन्त्रले १ दशमलव ८२ प्रतिशत र अन्यले ३ दशमलव ०३ प्रतिशत नतिजा आफ्नो पक्षमा पार्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस