राति घरमै गरेर बाजुरामा विद्यार्थी नेताको हत्या « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राति घरमै गरेर बाजुरामा विद्यार्थी नेताको हत्या


५ मंसिर २०७९, सोमबार


डडेलधुरा । बाजुरामा एक जना विद्यार्थी नेताको हत्या गरिएको छ । आइतबार राति घरमा आक्रमण गरेर जिल्लाको त्रिवेणी नगरपालिका-७ का चेतन अयडीको हत्या गरिएको प्रहरीले जनाएको छ ।

उनी, अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष हुन् । निर्वाचनमा भएको विवादलाई लिएर घरमा आक्रमण गर्दै उनीमाथि कुटपिट भएको थियो ।

गम्भीर घाइते भएका अयडीको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको बाजुरा प्रहरीले जनाएको छ ।

आइतबार मतदानका क्रममा एमाले र काँग्रेसका कार्यकर्ताबिच भएको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर २५ वर्षीय काँग्रेसका कार्यकर्ता सुरेन्द्र अयडीको मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस