हुम्लामा झडप : मतदान अधिकृत र सेनाका हुद्दा घाइते, प्रहरीद्वारा १७ राउन्ड हवाइ फायर  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

हुम्लामा झडप : मतदान अधिकृत र सेनाका हुद्दा घाइते, प्रहरीद्वारा १७ राउन्ड हवाइ फायर 


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । हुम्लाको सर्केगाड गाउँपालिका ३ उनापानीमा मतदानस्थलमा झडप हुँदा प्रहरीले १७ राउन्ड हवाइ फायर गरेको छ । 

देवकोटा आधारभूत विद्यालयको मतदान केन्द्रमा स्वतन्त्र उम्मेदवार मङ्गलबहादुर शाही र गठबन्धन उम्मेदवार कार्चेन लामाका कार्यकर्ताबिच झडप हुँदा प्रहरीले १७ राउन्ड हवाइ फायर गरेको हो ।

झडपमा सहायक मतदान अधिकृत प्रेम भण्डारी र नेपाली सेनाका हुद्दा अर्जुन उपर कोटी घाइते भएको हुम्लाका मुख्य निर्वाचन अधिकृत दिप्रसाद सापकोटाले बताए ।

उनका अनुसार घाइते दुवैको टाउकोमा चोट लागेको छ । अहिले पुनः मतदान सुरु भएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस