मापसे गरी मतदान केन्द्र पुगेका मतदान अधिकृत बर्खास्त  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मापसे गरी मतदान केन्द्र पुगेका मतदान अधिकृत बर्खास्त 


३ मंसिर २०७९, शनिबार


काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा खटिएका एक जना मतदान अधिकृत बर्खास्त भएका छन्।

बर्दघाट नगरपालिका-१३ मझौनीस्थित दुर्गा माध्यामिक विद्यालयमा कार्यरत श्याममणिप्रसाद मण्डललाई शनिबार बर्खास्त गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

उनी जिल्ला वन कार्यालयका सहायक वन अधिकृत हुन्। मापसे गरी मतदान केन्द्र भित्रै अचेत अवस्थामा फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको डिएसपी भोजराज पाण्डेयले बताए। 

उनलाई पृथ्वी चन्द्र अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको थियो। 

थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ। 

उनलाई बर्खास्त गरी क्षेत्र नम्बर १ निर्वाचन अधिकृतको कार्यालय बर्दघाटबाट अर्को मतदान अधिकृतलाई नियुक्त गरी पठाइएको छ। 

मतदान अधिकृत मण्डलमाथि निर्वाचन क्षेत्र नं १ को कार्यालयबाट निर्देशन भए बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस