निर्वाचनमा खटिएका कर्मचारीको निधनप्रति आयोगद्वारा दुःख व्यक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निर्वाचनमा खटिएका कर्मचारीको निधनप्रति आयोगद्वारा दुःख व्यक्त


३ मंसिर २०७९, शनिबार


काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनमा खटिएका कर्मचारीको निधनप्रति दुःख व्यक्त गरेको छ । सहसचिव एवं आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शनिबार एक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेका हुन् । 

भोलि (आइतबार) मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सदस्य निर्वाचनका लागी सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको वडा नम्बर ४ स्थित फुर्के सामुदायिक वन उपभोक्ता समूह मतदान केन्द्रमा मतदान अधिकृतको रूपमा खटिएका सर्लाही हरिपुरुवाका विल्टु राय शनिवार (आज) बिहान सुतीरहेकै ठाउँमा मृत भेटिएका थिए । 

यस्तै धनकुटाको साघुँरीगढी ३ स्थित सिद्धेश्वरी आवासीय विद्यालय मतदान केन्द्रमा सहायक कर्मचारीका रूपमा खटिएकी धनकुटा साघुँरीगढी ३ कि पवित्रा लिम्बुको मङ्सिर २ गते बिरामी परी उपचारको क्रममा निधन भएको थियो ।  

साथै आयोगले निर्वाचनमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षा तथा व्यक्तिगत प्रबन्धका लागी कुनै कसर बाँकी नराख्न गृह मन्त्रालय मार्फत सबै निकायलाई आग्रह गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस