सूर्य चिन्हमा स्वस्तिक छाप लागेको मतपत्र बोकेको भारतीय गाडी नियन्त्रण « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सूर्य चिन्हमा स्वस्तिक छाप लागेको मतपत्र बोकेको भारतीय गाडी नियन्त्रण


३ मंसिर २०७९, शनिबार


जनकपुरधाम । नेकपा एमालेको सूर्य चिन्हमा स्वस्तिक छाप लागेको मतपत्र बोकेको भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।

बर्दिबासबाट सूर्य चिन्हमा स्वस्तिक छाप लगाएको मतपत्र बोकेको भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको हो।

शुक्रबार राती बर्दिबास नगरपालिका वडा नं। ३ स्थित गौरी डाँडाबाट स्वस्तिक छाप लगाएको मतपत्र बोकेको एच आर ३६ एस ५४७१ भारतीय नम्बरको गाडी नियन्त्रणमा लिइएको महोत्तरी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सूर्य चिन्हमा स्वस्तिक छाप लगाएको २ सय ६२ थान नमुना मतपत्र फेला परेपछि गाडी नियन्त्रणमा लिएको हो । पक्राउ परेको गाडी इलाका प्रहरी कार्यालय बर्दिबासको नियन्त्रणमा रहेको छ ।

मौन अवधिमा आचारसंहिता विपरीत चुनावी प्रचारका सामग्री लिएर हिँडेको गाडी र चालक सहित निर्वाचन कार्यालयमा कारबाहीका लागि सिफारिस गरिने प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस