प्रदेश सभा सदस्यका उम्मेदवार यादव कांग्रेसबाट निष्कासित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश सभा सदस्यका उम्मेदवार यादव कांग्रेसबाट निष्कासित


२ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसले सर्लाही क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा उम्मेदवार जंगीलाल राय यादवलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरेको छ।

काँग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले शुक्रबार विज्ञप्ति जारी गर्दै काँग्रेसका पूर्व केन्द्रीय सदस्य यादवलाई कारबाही गरिएको जानकारी दिएका छन्।

सर्लाही-२ को प्रदेशसभा ‘क’मा काँग्रेस र गठबन्धन दलबीच भएको सहमति बमोजिमको कार्य नगरेको भन्दै यादवलाई पार्टीले यसअघि नै स्पष्टीकरण सोधेको थियो।

नेता यादवले समयभित्र आफ्नो रायसहितको स्पष्टीकरण नबुझाएकाले उनलाई नेपाली काँग्रेसको विधानबमोजिम पार्टी सदस्यतासमेत नरहने गरी कारबाही गरिएको केन्द्रीय अनुशासन समितिका संयोजक ढुङ्गानाले जनाएको छन्।

Tags :
प्रतिक्रिया दिनुहोस