भोजपुर उडेको जहाज प्राविधिक समस्याका कारण काठमाडौँ नै फिर्ता « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

भोजपुर उडेको जहाज प्राविधिक समस्याका कारण काठमाडौँ नै फिर्ता


२ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँबाट भोजपुर पुगेको नेपाल एयरलाइन्सको ट्वीनअटर जहाज प्राविधिक समस्याका कारण बीचबाटै फर्काइएको छ ।

निगम स्रोतका अनुसार जहाजमा १५ जना यात्रु सवार थिए । जहाज ग्राउन्डेड भएको छ । निगमसँग आन्तरिक उडानमा यो एक मात्र जहाज हो । यही जहाज नै ग्राउन्डेड भएपछि निगमको आन्तरिक उडान ठप्प हुन पुगेको छ ।

स्रोतका अनुसार शुक्रबार यो जहाजले भोजपुर, फाप्लु र दाङमा उडान गर्ने तालिका थियो । निगमले जहाज ग्राउन्डेड भएपछि शनिबार निर्धारित उडान समेत रद्द गरेको छ । यसले सयौँ यात्रु प्रभावित बन्ने छन् ।

आइतबार निर्वाचनका कारण उडान छैन । जहाज बन्यो भने सोमबार मात्र नियमित उडान गर्न सकिने स्रोतको भनाइ छ । निगमसँग आन्तरिक उडानमा जहाज नहुँदा टिकट काटेका यात्रु समेत प्रभावित हुने गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस