निर्वाचनमा ३४ हजार ८३८ सशस्त्र प्रहरी परिचालन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

निर्वाचनमा ३४ हजार ८३८ सशस्त्र प्रहरी परिचालन


२ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । निर्वाचनमा ३४ हजार ८३८ सशस्त्र प्रहरी खटिएका छन् ।

निर्वाचनमा जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयको सुरक्षा विशेष जिम्मेवारी छ । यसबाहेक सीमा सुरक्षा पनि सशस्त्रकै जिम्मेवारीमा छ ।

बिहीबार रातिदेखि भारतसँगका सबै नाका बन्द भएकाले नाकामा निगरानीको जिम्मेवारी सशस्त्र प्रहरीको काँधमा छ । यो जिम्मेवारीका लागि सबै नाकामा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी)बाट परिचालन भएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले बताए ।

निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरीले रिजर्भ फोर्स र क्युआरटी पनि खटाउने योजना बनाएको छ । ‘निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गराउन सशस्त्र प्रहरी योजनाबद्ध रूपमा परिचालित छ,’ प्रवक्ता थापा भन्छन्, ‘सीमा सुरक्षादेखि मतपेटिका सुरक्षासम्मको जिम्मेवारीमा हामी खटिएका छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस