विशेषले उल्टाएको ३ मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विशेषले उल्टाएको ३ मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार


१ मंसिर २०७९, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट उल्टिएका थप ३ मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । 

विशेषको अदालतको फैसलाउपर चित्त नबुझेका गैरकानूनी सम्पत्ति आर्जन, सार्वजनिक सम्पत्ति हानी नोक्सानी र घुस रिसवतका थप ३ मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो । 

अख्तियारले ती मुद्दा सर्वोच्चमा आज (बिहीबार) पुनरावेदन दर्ता गरेको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस