सशस्त्र प्रहरीद्वारा ट्रकसहित डेढ क्वीन्टल गाँजा बरामद « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सशस्त्र प्रहरीद्वारा ट्रकसहित डेढ क्वीन्टल गाँजा बरामद


३० कार्तिक २०७९, बुधबार


काठमाडौँ । सर्लाहीको सशस्त्र प्रहरीले ट्रकसहित करिब डेढ क्वीन्टल लागू औषध गाँजा बरामद गरेको छ। भारततर्फ लैजानको लागि तयार अवस्थामा रहेको ठुलो परिमाणमा गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो।

सर्लाहीको मलंगवा नगरपालिका ११ गम्हरियास्थित गङ्गा पेट्रोल पम्पमा बेवारिसे अवस्थामा रोकी राखिएको ट्रकबाट सशस्त्र प्रहरीले १४० क्वीन्टल गाँजा बरामद गरेको हो।

बागमती प्रदेश ३०१/००६ ख १७०४ नम्बरको टाटा ६ चक्के ट्रकमा पानीको ८० कार्टुनभित्र लुकाइछिपाई भारततर्फ लैजान लागेको अवस्थामा प्रतिबन्धित लागू औषध गाँजा बरामद गरिएको हो। विशेष सूचनाका आधारमा बिओपि मलंगवाबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले ट्रकलाई नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिइएको ट्रकलाई प्रतिबन्धित लागू औषध गाँजासहित सशस्त्र प्रहरी बलले आवश्यक प्रक्रिया पूरा गरी नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको सशस्त्र प्रहरी बल सर्लाहीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस