कालोसूचीमा रहेको भन्दै अर्थमन्त्री बरालको उम्मेदवारी खारेज गर्न उजुरी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कालोसूचीमा रहेको भन्दै अर्थमन्त्री बरालको उम्मेदवारी खारेज गर्न उजुरी


३० कार्तिक २०७९, बुधबार


काठमाडौँ । गण्डकीका अर्थमन्त्री रामजीप्रसाद बरालको उम्मेदवारी खारेज गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । 

कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनबाट माओवादीका उम्मेदवार बराल विरुद्ध युवा तथा साना व्यवसायी स्वरोजगार कोषले २०७६ साल माघमा कालोसूचीमा राखेको भन्दै उजुरी परेको हो ।

बरालले सरकारी संयन्त्रबाट लिएको कर्जा नतिर्दा नतिर्दै उम्मेदवार बनेको भन्दै पोखरा २४ का बोधराज सुवेदीले उजुरी हालेका छन् । बराल संलग्न रहेको पोखरा ९ नयाँ बजारस्थित गण्डकी माछापुच्छ्रे सहकारी संस्थालाई कोषले ५० लाख रुपैयाँ कर्जा दिएको थियो । त्यसको साँवा, ब्याज २०७३ साल असार मसान्तसम्म बुझाउनुपर्ने थियो । तर, नबुझाएपछि कोषले उक्त संस्थामा संलग्न बरालसहित १५ जनाको नाम कालोसूचीमा राखेको थियो ।

पत्रमा उल्लेख भएअनुसार २०७६ साल १० माघमा कालोसूचीमा राखिएको बराल संलग्न उक्त संस्थाले ३८ लाख २४ हजार ७ सय ८ रुपैयाँ उक्त कोषलाई बुझाउन बाँकी थियो । यही विषयलाई बुधबार कास्की–३ कै मतदाता रहेका सुवेदीले उजुरी दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस