राष्ट्रपति कार्यालयले पठायो नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको जवाफ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति कार्यालयले पठायो नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको जवाफ


३० कार्तिक २०७९, बुधबार


काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणबारे परेको रिटमा सर्वोच्च अदालतले जारी गरेको ‘कारण देखाऊ’ आदेशमा राष्ट्रपति कार्यालयले जवाफ पेस गरेको छ । राष्ट्रपति कार्यालयले मङ्गलवार सर्वोच्च अदालतमा जवाफ पेस गरेको हो ।

राष्ट्रपति कार्यालयले मङ्गलवार महान्यायाधिवक्ताको कार्यालयमार्फत जवाफ पेस गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्तासमेत रहेका महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए ।

सर्वोच्च अदालतमा असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई विधेयक प्रमाणीकरणका लागि परमादेश दिन माग गर्दै ५ वटा रिट दर्ता भएका थिए ।

अधिवक्ता सुनीलरञ्जन सिंह, अधिवक्ताद्वय सुनिलकुमार यादव र विजय पोखरेल, अधिवक्ता सागर बराल, सौगातराज बराल र काठमाडौँ स्कुल अफ लमा अध्ययनरत अविनेश अधिकारी, मोरङको रंगेली नगरपालिकाका देव शर्मा र सोनु रौनियारले संयुक्त र छुट्टाछुट्टै रिट दर्ता गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस