२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा छ हजार चार सय ८६ व्यावसायिक पशुपालन फार्म सञ्चालनमा, ४४ हजार बढी गाई गोरु !

अ+ अ-

काठमाडौँ । नेपालमा छ हजार चार सय ८६ व्यावसायिक पशुपालन फार्म रहेको तथ्याङ्क सार्वजनिक भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवद्वय डा. गोविन्दप्रसाद शर्मा र डा. दिपककुमार खरालले मंगलवार ‘व्यावसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८’ मार्फत सो तथ्याङ्क सार्वजनिक गरेका हुन् ।

विश्व खाद्य तथा कृषि सङ्गठनको सहयोगमा कृषि मन्त्रालय र राष्ट्रिय तथ्याङ्क कार्यालय (तत्कालीन केन्द्रीय तथ्याङ्क विभाग) ले गत आर्थिक वर्ष २०७८/७९ मा नेपालभरि व्यावसायिकरुपमा सञ्चालनमा रहेका ठुला तथा मध्यम पशुपालन व्यवसायको एकीकृत सर्वेक्षण, २०७८ कार्यक्रम सञ्चालन गरेकोमा उक्त नतिजा देखिएको हो । 

सर्वेक्षणको नतिजाअनुसार देशभर एक हजार दुई सय ३३ वटा गाई पालन फार्म र नौ सय १४ वटा भैँसी पालन फार्म रहेका छन् । त्यस्तै, ४३ वटा राँगा पालन फार्म, दुई हजार दुई सय ९५ वटा बाख्रा/च्याङ्ग्रा पालन फार्म, पाँच सय ७२ वटा भेडा पालन फार्म रहेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । मासु प्रयोजनका लागि एक सय १८ वटा र पाठा पाठी उत्पादन प्रयोजनका लागि तीन सय ६४ वटा सुँगुर पालन फार्म सञ्चालनमा रहेको पनि उक्त प्रतिवेदनमा जनाइएको छ ।

यो सर्वेक्षणले नेपालमा गाई/भैँसी पालन (मिश्रित) फार्म चार सय ८३ वटा, बाख्रा/च्याङ्ग्रा/भेडा पालन (मिश्रित) फार्म एक सय ९८ वटा र गाई/भैँसी पालन तथा बाख्रा/च्याङ्ग्रा/भेडा पालन (मिश्रित) फार्म दुई सय ६५ वटा रहेको देखाएको छ ।    

यस्ता व्यावसायिक पशुपालन फार्ममध्ये प्रदेश नम्बर १ मा सबैभन्दा बढी अर्थात् एक हजार दुई सय ७० र मधेस प्रदेशमा सबैभन्दा कम अर्थात् चार सय चार वटा फार्म रहेको पाइएको छ । सर्वेक्षणको नतिजाअनुसार नेपालमा ४४ हजार आठ सय ७३ वटा गाई/गोरु व्यावसायिकरुपमा पालिएको देखाएको छ । जसमध्ये उन्नत जातका गाई/गोरुको सङ्ख्या ३३ हजार सात सय ५७ (७५ प्रतिशत) रहेको छ । यिनीहरूमध्ये दूध दिने र नदिने गाईको सङ्ख्या क्रमशः १५ हजार तीन सय ८० (६३ प्रतिशत) र नौ हजार एक सय चार (३७ प्रतिशत) रहेको छ ।    

सर्वेक्षणले सबैभन्दा बढी अर्थात् नौ हजार तीन सय ६४ वटा गाई/गोरु बागमती प्रदेशमा र सबैभन्दा कम अर्थात् दुई हजार दुई ७४ वटा गाई गोरु सुदूरपश्चिम प्रदेशमा रहेको देखाएको छ । यसैगरी, यो सर्वेक्षणले नेपालमा ३४ हजार छ सय ५३ वटा राँगा/भैँसी व्यावसायिकरुपमा पालिएको देखाएको छ । जसमध्ये उन्नत जातका राँगा/भैँसीको सङ्ख्या २४ हजार चार सय ४७ (७१ प्रतिशत) रहेको छ ।    

यिनीहरूमध्ये दूध दिने र नदिने भैँसीको सङ्ख्या क्रमशः १० हजार आठ सय ४१ (६१ प्रतिशत) र छ हजार नौ सय ३१ (३९ प्रतिशत) रहेको छ । सर्वेक्षणले सबैभन्दा बढी अर्थात् ११ हजार चार सय ६९ वटा भैँसी गण्डकी प्रदेशमा र सबैभन्दा कम अर्थात् एक हजार छ सय ३० वटा भैँसी सुदूरपश्चिम प्रदेशमा रहेको देखाएको छ ।    

सर्वेक्षणले नेपालमा जम्मा एक लाख ५० हजार पाँच सय ६८ वटा बाख्रा, ८८ हजार चार सय २१ वटा भेडा र ३८ हजार तीन सय ६० वटा सुँगुर व्यावसायिकरुपमा पालेको देखाएको छ । प्रतिवेदनअनुसार १५ हजार तीन सय ८० वटा दूध दिने गाई चार करोड ५८ लाख ३ हजार चार सय ५७ लिटर दूध उत्पादन भएको देखाएको छ।    

यसैगरी व्यावसायिक फार्म बाट दुई करोड ३२ लाख ३१ हजार ९१ लिटर भैँसीको दूध उत्पादन भएको देखाएको छ । यो सर्वेक्षणको लागि मुलुकभर जम्मा सात सय ९८ पशुपालन व्यवसाय छनोट गरिएको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस