सोमालियामा यो वर्ष आतङ्ककारी हमलामा ६१३ जनाको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सोमालियामा यो वर्ष आतङ्ककारी हमलामा ६१३ जनाको मृत्यु


२९ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । सोमालियामा यो वर्ष जनवरीदेखि अहिलेसम्म भएका आतङ्ककारी हमलामा कम्तीमा ६१३ जनाको मृत्यु भएको छ।

मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर टर्कका अनुसार सोमालियामा अल-शबाब समूहले गरेको यी हमलामा ९ जना घाइते भएका छन्।

टर्कले बढ्दो यस्ता गतिविधिले मानवअधिकार र मानवीय अवस्थालाई अझ गम्भीर बनाएको बताएका छन्। संयुक्त राष्ट्रसङ्घका अनुसार अधिकांश हताहती विस्फोटक उपकरणका कारण भएका छन्। तीमध्ये कम्तीमा ९४ प्रतिशत घटनामा अल-शबाबलाई जिम्मेवार ठहर्‍याइएको छ।

यसैगरी अन्य हताहती अल-शबाब आत्मघाती बम विस्फोटको कारण रहेको पनि बताइएको छ। टर्कले द्वन्द्वका सबै पक्षलाई अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गत आफ्नो दायित्व पूरा गर्न र नागरिकको सुरक्षा सुनिश्चित गर्न आह्वान गरेका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस