निर्वाचनको सम्पूर्ण तयारी पुरा, मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पठाउन तयार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निर्वाचनको सम्पूर्ण तयारी पुरा, मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पठाउन तयार


२८ कार्तिक २०७९, सोमबार


काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनाङमा सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक कर्मचारी नियुक्ति, तालिम सकेपछि अब सामग्री बुझाएर मतदान केन्द्रमा पठाउने मात्र बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

एउटा मात्रै निर्वाचन क्षेत्र भएको मनाङमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दुई दिन तालिम प्रदान गरिसकिएको छ । जिल्लाका मतदान केन्द्रमा ५८ जना मतदान र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरी केन्द्रमा पठाउने कार्यालय प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

तालिममा कानूनी, व्यावहारिक र सैद्धान्तिक पक्षबारे जानकारी दिइएको थियो । मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र तथा मतदान केन्द्र निर्माण गर्ने तरिकाका विषयमा जानकारी गराइएको उनले बताए । 

मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिएपछि के के गर्नेलगायत विषयमा तालिममा जानकारी गराइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस