२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तेस्रो लिङ्गीको नाम बन्दसूचीबाट नहटाउन सर्वोच्चको आदेश

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले लैङ्गिक पहिचान फरक परेका कारण तेस्रो लिङ्गीको नाम समानुपातिकतर्फको बन्दसूचीबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले आज सोमवार निर्वाचन आयोगको त्यस निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

आदेशमा भनिएको छ, ‘लैङ्गिक तथा अल्पसङ्ख्यकले मानसिक पीडा भोग्नुपर्ने अवस्था समेतलाई मध्यनजर गर्दा सो कार्य तत्काल रोक्नु आवश्यक देखिँदा अन्य कुरामा पछि ठहरेबमोजिम हुने गरी हाल निवेदनको नाम प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूचीबाट हटाउनेसम्बन्धी निर्णय र पत्राचारसमेत कार्यान्वयन नगरी बन्दसूचीमा यथावत् राख्नू ।’

आयोगले बन्दसूची र नागरिकतामा लैङ्गिक पहिचान फरक परेका प्रतिनिधि सभाका १७ र प्रदेश सभाका २० गरी ३७ जना उम्मेदवारको नाम समानुपातिकतर्फको बन्दसूचीबाट हटाएको थियो । नेकपा (एकीकृत समाजवादी) ले तेस्रो लिङ्गी पहिचानमा नागरिकता लिएकी डिलु बुदुजा नाम बन्दसूचीमा राखेको थियो । आयोगले बन्दसूचीबाट नाम हटाउने निर्णयविरुद्ध उक्त पार्टीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको थियो । रिट निवेदनमा गैरकानुनीरूपमा बन्दसूचीबाट उम्मेदवारी हटाउने निर्णय प्राकृतिक न्यायको सिद्धान्त विपरीत भएकाले आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस