२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३६ कम्पनीका १५ अर्ब बराबरका आइपिओ पाइपलाइनमा

अ+ अ-

काठमाडौँ । शेयर बजार उतारचढावपूर्ण अवस्थामा छ । बैँक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि उस्तै छ । निर्वाचनको माहोल चरम विन्दुमा पुगेको छ भने धितोपत्र बजार क्रमशः विस्तार हुने क्रममा छ ।  सरकारको सहजीकरण एवं नयाँ कानुनी प्रावधानका कारण साधारण शेयर (आइपिओ) बिक्री गर्न चाहने कम्पनीको सङ्ख्यामा वृद्धि भएको छ ।

नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको सङ्ख्या मात्रै हेर्ने हो भने साधारण शेयर बिक्री गर्न चाहने ३६ वटा कम्पनी छन् । ती कम्पनीले बिक्री गर्ने शेयरको परिमाण मात्रै रु १५ अर्ब नौ करोड सात लाख १८ हजार बराबरको छ ।

साधारण शेयर बिक्री गर्न लागेका कम्पनीमध्ये २६ वटा कम्पनी जलविद्युत क्षेत्रका छन् । नेपाल स्टक एक्सचेन्जमा जलविद्युत क्षेत्रका कम्पनीको सङ्ख्या झण्डै चार दर्जन बराबर पुगेको छ । पछिल्ला दिनमा लगातार जलविद्युत् क्षेत्रमा लगानी विस्तार भएको सन्दर्भमा साधारण शेयर बिक्री गर्न चाहने कम्पनीको सङ्ख्यामा वृद्धि हुनु पनि स्वभाविक नै छ ।

मोदी इनर्जी, मेछ्याङ हाइड्रोपावर, अप्पर लोहारे हाइड्रोपावर, माईखोला हाइड्रोपावर, चिर्खुवा हाइड्रो, भूगोल इनर्जी, अप्पर स्याङ्गे, रेवा इनर्जी, सगरमाथा इनर्जीलगायतका जलविद्युत् कम्पनीले साधारण शेयर बिक्री गर्ने तयारी गरेका हुन् ।

यस्तै रिलायवल लाइफ इन्स्योरेन्स, मुक्तिनाथ कृषि कम्पनी, सर्वोत्तम सिमेन्ट, सोनापुर मिरल्स, नेपाल रिपब्लिक मिडिया, डिस मिडिया नेटवर्क, हाथवे इन्भेष्टमेन्ट, ट्रेड टावर, सिटी होटल, घोराही सिमेन्टले पनि साधारण शेयर बिक्रीको तयारी गरेका छन् ।

बोर्डका अनुसार बिपीडब्ल्यु लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था पनि साधारण शेयर बिक्रीको प्रतिक्षामा छन् । चालु आवको हालसम्म मात्रै बोर्डले विभिन्न पाँच कम्पनीको एक अर्ब चार करोड ६५ लाख ७५ हजार बराबरको शेयर बिक्रीको अनुमति पाइसकेको छ । तीमध्ये केही कम्पनीले साधारण शेयर बिक्री गरिसकेका छन् ।

पछिल्लो पटक मात्रै पिपल्स हाइड्रोपावर कम्पनीको साधारण शेयर बिक्री सुरु गरेको छ । कम्पनीले सर्वसाधारण, स्थानीयवासीक लागि रु तीन अर्ब २० करोड बराबरको साधारण शेयर बिक्री गर्ने गरी बोर्डबाट अनुमति पाएको हो ।

प्रतिक्रिया दिनुहोस