पीएम कप फाइनल : एपीएफलाई च्याम्पियन बन्न १७९ रनको लक्ष्य « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

पीएम कप फाइनल : एपीएफलाई च्याम्पियन बन्न १७९ रनको लक्ष्य


२६ कार्तिक २०७९, शनिबार


काठमाडौँ । अमर रौटेला र मौसम ढकालको तीन-तीन विकेटप्रेरित एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई एक सय ७९ रनमा अलआउट गरेको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४० ओभरमा छोट्याइएको खेलको ३९ ओभरमा सबै विकेट गुमाएर एक सय ७९ रनको योगफल तयार गर्यो।

आर्मीका लागि ५६ बलको सामना गरेका राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले तीन चौकासहित ४९ रनको योगदान गरे। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन्। यद्यपि, अन्तिम विकेटका लागि जितेन्द्र मुखिया र सुशष भारीले ४८ रनको साझेदारी गरे।

सुशन २५ बलमा १९ रन जोडेर आउट हुँदा जितेन्द्र समान २५ बलमा २४ रन जोडेर अविजित रहे। एपीएफका लागि कसिलो बलिङ गरेका अमर र मौसमले जनही तीन विकेट लिन आफ्नो कोटाको आठ-आठ ओभरमा क्रमश:४० र ३२ रन खर्चेका थिए। यस्तै, पाँच ओभरमा १६ रन खर्चेका किशोर महतोले दुई विकेट लिए।

आर्मीले अनिल मण्डलको स्थानमा सोमपाल कामीलाई टिममा राखेपछि उत्पन्न विवादका कारण खेल समयमा सुरु नभएर झण्डै दुई घण्टा ढिलो भएको थियो।

अन्ततः सोमपाललाई पनि समावेश गराएर ११ बजे खेल सुरु भएको हो। आर्मीका लागि ओपनिङमा आएका सोमपाल चार बेल खेलेर शून्यमा आउट भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस