चितवनमा सत्ता गठबन्धनको सभास्थलमा कडा चेकजाँच « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चितवनमा सत्ता गठबन्धनको सभास्थलमा कडा चेकजाँच


२६ कार्तिक २०७९, शनिबार


 चितवन । सत्तारुढ गठबन्धनले आज शनिबार चितवनको भरतपुरमा आमसभा गर्दैछ ।

जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रहेको गेष्ट हाउस चौरमा गर्ने आमसभालाई सम्बोधन गर्न नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ लगायत नेताहरू चितवन आएका छन् ।

माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीका अनुसार प्रधानमन्त्री देउवासहितका नेता पत्नी वियोगमा परेका काँग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङको घर भरतपुर महानगरपालिका-७ मा कृष्णपुरमा पुगेका छन् ।

त्यहाँबाट फर्किएपछि नेताहरू सिधै सभास्थल आउने संयोजक अधिकारीले बताए । सभास्थलमा विभिन्न ठाउँबाट सत्तारुढ गठबन्धनमा रहेका दलका नेता कार्यकर्ताहरू आउने क्रम सुरु भएको छ । सभास्थल छिर्न कडा सुरक्षा जाँच गरिएको छ । सुरक्षा जाँच गर्ने गेट नै तयार गरेर भित्र प्रवेश गर्नेहरूको खानतलासी गरिएको छ ।

चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीले प्रधानमन्त्री नै आउने कार्यक्रम भएकोले सुरक्षा जाँच कडा  पारिएको बताए । उनले कार्यक्रमको सुरक्षामा कुनै कमी हुन नदिन यसो गरिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस