नेपाललाई यू-१५ महिला साफको उपाधि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाललाई यू-१५ महिला साफको उपाधि


२५ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । नेपालले बङ्गलादेशमा आयोजना भएको  यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ।

ढाकामा शुक्रबार भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बङ्गलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो ।

रोमाञ्चक खेलमा नेपालकी गोलकिपर तथा कप्तानी गरेका सुजता तामाङले उत्कृष्ट प्रदर्शन गर्दै एक पेनाल्टी बचाएपछि नेपाल च्याम्पियन बनेको हो ।

खेलमा सुरुआती अग्रता नेपालले बनाएको थियो ।  खेलको १४ औँ मिनेटमा सुशीला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

तर, खेलको ५४ औँ मिनेटमा रुमाले गोल गर्दै बङ्गलादेशलाई १-१ गोलको बराबरीमा ल्याइन् ।

त्यसपछि खेलको ८९ औँ मिनेटमा बङ्गलादेशले पेनाल्टी प्राप्त गर्‍यो ।

तर, बङ्गलादेशकी बीबी रिताको पेनाल्टी गोलकिपर सुजताले उत्कृष्ट बचाउ गरिन् ।

त्यसपछि थप गोल भएन र खेल बराबरीमा सकिदा नेपाल च्याम्पियन बनेको हो ।

यस बराबरीसँगै नेपालले ४ खेलमा अपराजित रहँदै १० अङ्क जोड्यो  । र, शीर्ष स्थानमा रहँदै नेपालले उपाधि उचाल्न सफल  भयो ।  

बङ्गलादेश भने ४ खेलमा ७ अङ्क जोडेर उपविजेता बन्यो । भुटान अङ्क विहीन रहँदै घर फर्कियो । प्रतियोगितामा नेपाल, भुटान र बङ्गलादेशको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस