ओलीलाई हर्क साम्पाङको जवाफ: ‘कोसीको पानी म ल्याउँछु, हाउडेले चुनौती नदिँदा हुन्छ’ « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

ओलीलाई हर्क साम्पाङको जवाफ: ‘कोसीको पानी म ल्याउँछु, हाउडेले चुनौती नदिँदा हुन्छ’


२५ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् । एमाले अध्यक्ष ओलीले शुक्रवार धरानमा चुनावी सभालाई सम्बोधन गर्दै कोसीको पानी धरानमा एमालेले ल्याउने बताएका थिए ।

ओलीले कोसीको पानी धरानमा एमालेले ल्याउने भन्दै मेयर छान्ने बेला आँखा देख्नुभएको थिएन भनेर प्रश्न गरेका थिए । त्यसको जवाफमा मेयर राईले कोसीको पानी आफूले ल्याउने भन्दै धेरै चुनौती नदिन ओलीलाई जवाफ फर्काएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ग्यासको पाइप घर घरमा पुर्‍याएर पानी जहाजमा नेपालीलाई सयर गराउनेले कोसीको पानी ल्याउने गफ दिएछ ! म ल्याउँछु पानी कोसीको ! धेरै चुनौती नदिँदा हुन्छ हाउडेले १।’

Tags :
प्रतिक्रिया दिनुहोस