क्याम्पस कर्मचारी निर्वाचनमा खटिएपछि त्रिविका सबै क्याम्पसमा मंसिर १ देखि ५ गतेसम्म बिदा  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

क्याम्पस कर्मचारी निर्वाचनमा खटिएपछि त्रिविका सबै क्याम्पसमा मंसिर १ देखि ५ गतेसम्म बिदा 


२५ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका कारण मंसिर १ देखि ५ गतेसम्म बिदा दिने भएको छ ।

त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै मंसिर १, २ र ५ गते बिदा हुने जनाएको छ ।

अधिकांश क्याम्पस/कार्यालयहरूमा निर्वाचनका लागि मतदान केन्द्र राखिएको र क्याम्पस/कार्यालयहरूका कर्मचारीहरू निर्वाचन कर्मचारीको रूपमा खटिएको कारण पठनपाठन तथा दैनिक काम कारबाहीमा असर पुग्ने भएकोले बिदा दिने निर्णय गरेको जनाएको छ ।

महाशाखा प्रमुख योगेन्द्र प्रसाद दाहालले बिदा दिने तोकिएको दिनहरूमा त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस/कार्यलयहरुमा बिदा दिने निर्णय भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस