मतदान अधिकृतलाई अभिमुखीकरण सुरु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मतदान अधिकृतलाई अभिमुखीकरण सुरु


२५ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई पाल्पामा शुक्रबारदेखि अभिमुखीकरण सुरु गरिएको छ ।

निर्वाचनलाई स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा गराउन तालिम दिन सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ ।

११८ मतदान स्थल र २४६ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाईलाई तालिम दिन सुरु गरिएको मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले जानकारी दिए । २ लाख १ हजार ३ सय २६ मतदाता रहेको पाल्पामा स्वयंसेवक बाहेक १९७२ कर्मचारी खटिँदै छन् ।

तालिममा सुरक्षा निकायका प्रमुखहरूले आआफ्नो सुरक्षा निकायको भरपर्दो सुरक्षा व्यवस्था भएको हुँदा ढुक्क भएर मतदान कार्य सम्पन्न गर्न कर्मचारीहरूलाई निर्देशन दिएका थिए । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले विगतका निर्वाचनमा भएका कमजोरीलाई सुधार गरी मंसिर ४ को निर्वाचनलाई सफल बनाउन सबैको दायित्व भएको बताए ।

निर्वाचनमा खटिने कर्मचारीहरू मंसिर १ गतेसम्म आआफ्नो मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगेर निर्वाचनको कार्य प्रारम्भ गर्नुपर्ने जिल्ला निर्वाचन अधिकारी रुक्माङगत अर्यालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस