२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्दीपको ठाउँमा नयाँ कप्तानबारे आज टुङ्गो लगाउँदै क्यान

अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तान शुक्रबार टुङ्गो लाग्ने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले साँझसम्म नयाँ कप्तानको टुङ्गो लाग्ने बताए । नेपालले युएईसँग शृंखला खेल्नुअघि नयाँ कप्तानबारे निर्णय हुन लागेको हो । मल्लका अनुसार शुक्रबार छनोट समितिको बैठक बस्दैछ ।

बलात्कारको आरोप लागेका कारण तत्कालीन कप्तान सन्दीप लामिछानेलाई क्यानले निलम्बन गरेपछि उक्त पद रिक्त छ । सन्दीप मुद्दा पुर्पक्षका लागि थुनामा छन् ।

सन्दीप गत पुसमा नेपाली क्रिकेट टोलीको कप्तान बनेका थिए । तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ललाई अनुशासन कारबाही गर्दै पदबाट हटाएर सन्दीपलाई जिम्मेवारी दिइएको थियो । त्यतिवेला दीपेन्द्रसिंह ऐरीलाई पनि कारबाही गर्दै उपकप्तानबाट हटाइएको थियो ।

ऐरीको स्थानमा रोहित पौडेलले उपकप्तानको जिम्मेवारी दिइएको थियो । पछिल्लो राष्ट्रिय टोलीमा दीपेन्द्र, ज्ञानेन्द्र र रोहित तीनै जना थिए । स्रोतका अनुसार यीमध्ये एक जनालाई कप्तानको जिम्मेवारी दिइनेछ । कार्यवाहक सचिव मल्लले पछिसम्मलाई हेरेर कप्तान नियुक्त गरिने बताए । ‘अहिलेको कप्तान युएईसँगको खेलका लागि मात्र होइन’, उनले भने ।

काठमाडौँमा अहिले एकदिवसीय स्वरूपको प्रधानमन्त्री कप क्रिकेट भइरहेको छ । नेपालसँग खेल्न युएईको टोली शनिबार आइपुग्ने क्यानले जनाएको छ । नेपाल र युएईबिच कात्तिक २८, ३० र मंसिर २ गते तीनवटा एकदिवसीय खेल हुँदैछ ।