सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् : राष्ट्रपति भण्डारी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् : राष्ट्रपति भण्डारी


२५ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको १३८औँ जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेकी छिन्।

फाल्गुनन्द जयन्तीका अवसरमा राष्ट्रपति भण्डारीले जारी गरेको सन्देशमा सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरिएको छ।

‘महागुरु फाल्गुनन्दले धार्मिक गुरु मात्र नभई एक सामाजिक अभियन्ताको रूपमा समाजमा विद्यमान विकृति र विसङ्गति हटाउनसमेत महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो’, सन्देशमा भनिएको छ, ‘उहाँले देखाएको बाटोमा हिँड्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास मैले लिएकी छु।”

सामाजिक रूढीवादको अन्त्य गर्दै समाजलाई सही बाटो देखाउँदै आर्थिक अनुशासन कायम गर्न फाल्गुनन्दले दिएको मार्ग निर्देशन अनुसरणीय रहेको र उनले अपनाएको दर्शन, प्रेरणादायी उपदेश र मार्गदर्शनले समाजलाई सही बाटो दिने राष्ट्रपति भण्डारीको विश्वास छ।

Tags :
प्रतिक्रिया दिनुहोस