२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनकुटामा चुनावका लागि १ हजार ३ सय १२ कर्मचारी खटिने

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराउन १ हजार ३ सय १२ जना कर्मचारी खटिने भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनका १ सय ६४ मतदान स्थलमा सो कर्मचारी खटिने भएका हुन्।

जसमा ६५३ शिक्षक रहेका छन् भने बाँकी कर्मचारी रहेका छन्। गएको स्थानीय तहको निर्वाचनमा शिक्षकलाई निर्वाचनमा खटाइएको थिएन। यसपटक भने प्राथमिक तहका स्थायी शिक्षकलाई खटाउन लागिएको जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठले जानकारी दिए।

धनकुटामा १ लाख १६ हजार ९ सय ९१ मतदाता सहभागी हुने निर्वाचनमा १ सय ६२ स्थायी र २ अस्थायी गरी १ सय ६४ मतदान स्थल रहेका छन्। अस्थायी मतदान स्थलमा कैदीबन्दीका लागि जिल्ला कारागारमा र निर्वाचनमा नखटिने कर्मचारी, शिक्षक, सेना, प्रहरीका लागि गोकुण्डेश्वर माविमा मतदान स्थल कायम गरिएको छ।

एउटा मतदानस्थलमा ८ जना कर्मचारी खटाइने भएको छ। प्रत्येक मतदान स्थलमा मतदान अधिकृत एक, सहायक मतदान अधिकृत एक, सहायक कर्मचारी ५ र सहयोगी एक जना खटिनेछन्। मतदाता संख्याको आधारमा बढीमा ३ जनासम्म स्वंसेवक परिचालन हुने छन्। ती स्वंसेवक भने स्थानीयलाई खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधीसभाका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रतिनिधीसभा ७ जना तथा प्रदेशसभा निर्वाचन क्षेत्र क मा ४ जना र प्रदेश सभा निर्वाचन क्षेत्र ख मा ७ जना उम्मेदवार रहेका छन्।

निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि कार्तिक २५ गते नियुक्ति पत्र प्रदान गरिने र २८ र २९ गते तालिम दिइने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी बास्तोलाले बताए। तालिम पछि कर्मचारीहरु मंसिर १ गते सम्बन्धित मतदान स्थलमा पुगिसक्ने कार्यक्रम रहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस