स्थानीय तहसँग सरकारले माग्यो भूकम्पबाट भएको क्षतिको विवरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्थानीय तहसँग सरकारले माग्यो भूकम्पबाट भएको क्षतिको विवरण


२४ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । संघीय सरकारले बुधबार गएको भूकम्पबाट भएको क्षतिको विवरण स्थानीय सरकारसँग माग गरेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका स्थानीय तहलाई पत्राचार गर्दै भूकम्पबाट भएको क्षतिको विवरण उपलब्ध गराउन अनुरोध गरेको हो । २३ कात्तिक बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पबाट ६ जनाको मृत्यु भएको विवरण आएको छ ।

भौतिक क्षतिको विवरण आइसकेको छैन । मन्त्रालयले स्थानीय तहमा क्रियाशील सरकारी निकाय, विकास साझेदार, गैर सरकारी सङ्घसंस्था, नेपाल रेडक्रस सोसाइटी, निजी क्षेत्रसमेतको एकीकृत परिचालन गरी एकद्वार प्रणालीबाट खोज, उद्धार र राहतमा जुट्न समेत अनुरोध गरेको छ । 

यस काममा समन्वय र सहजीकरण आवश्यक भए मन्त्रालयमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस