वाग्मतीका मुख्यमन्त्री र प्रमुख सचिवलाई आयोगले सोध्यो स्पष्टीकरण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

वाग्मतीका मुख्यमन्त्री र प्रमुख सचिवलाई आयोगले सोध्यो स्पष्टीकरण


२३ कार्तिक २०७९, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले वाग्मती प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवलाई स्पष्टीकरण सोधेको छ । 

निर्वाचन आचारसंहिता, २०७९ लागु भइसकेपछि वाग्मती प्रदेश सरकारले ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी भएको विषयमा स्पष्टीकरण सोधेको हो । 

आयोगले वाग्मतीका मुख्यमन्त्री राजेन्द्र पाण्डे र प्रमुख सचिव मुकुन्दप्रसाद निरौलालाई स्पष्टीकरण सोधेको हो ।

आयोगले पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न निर्देशनसमेत दिएको छ ।

आयोगले मुख्यमन्त्रीलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ, ‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा रहेको ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ भन्ने व्यवस्थाको विपरीत हुनेगरी अध्यादेश ल्याउने गरी भएको निर्णयलाई किन बदर गर्नु नपर्ने हो ?’

त्यस्तै प्रमुख सचिवलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ, ‘निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्थामा मिति २०७९ असोज १३ मा वाग्मती प्रदेश सरकारबाट अध्यादेश ल्याउने कार्यबाट निर्वाचन आचारसंहिता, २०७९ को खण्ड दफा (५) को (ख) को उल्लङ्घन भएको देखिएकाले यहाँलाई समेत उक्त निर्णयको लागि जिम्मेवार ठहर्‍याई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम किन कारबाही हुनु नपर्ने हो ?’

Tags :
प्रतिक्रिया दिनुहोस