विरोध खतिवडाको आग्रहपछि छुटे पुरुषोत्तम खड्का  « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

विरोध खतिवडाको आग्रहपछि छुटे पुरुषोत्तम खड्का 


२३ कार्तिक २०७९, बुधबार


काठमाडौँ । मकवानपुर-२ बाट गठबन्धनका उम्मेदवार विरोध खतिवडाको आग्रहमा प्रहरी हिरासतमा रहेका हेटौँडा-२ का पुरुषोत्तम खड्का रिहा भएका छन् ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार एकीकृत समाजवादी नेता खड्काले आफूलाई दुर्व्यवहार प्रयास गर्नेलाई छाडिदिन गरेको आग्रहअनुसार प्रहरीले उनलाई रिहा गरेको हो । 

पूर्वस्वास्थ्य तथा जनसख्यामन्त्री समेत रहेका खतिवडालाई मंगलबार मकवानपुरको मनहरी गाउँपालिका–४ मा चुनावी सभामा गएका बेला  मादक पदार्थ सेवन गरेका खड्काले दुर्व्यवहार गरेका थिए । आफूलाई दुर्व्यवहार गरेपछि प्रहरीको नियन्त्रणमा रहेका खड्कालाई कुनै कारबाही नगरी रिहा गरिदिन उम्मेदवार खतिवडाले बुधवार मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमलाई आग्रह गरेका थिए । खतिवडाको आग्रहबमोजिम आफन्तको जिम्मा लगाई खड्कालाई छाडिएको मकवानपुर प्रहरीले जनाएको छ ।  

खतिवडा २०४८, ०५१, ०५६ र ०७४ मा निर्वाचित भइसकेका सांसद हुन् । आफू गठबन्धनकारतर्फबाट साझा उम्मेदवार रही अत्यधिक मतसहित जित्ने निश्चित देखिएपछि हारको मानसिकता बोकेकाले मादक पदार्थ खुवाएर पठाइएर आफूमाथि दुर्व्यवहार  गराइएको खतिवडाको भनाइ छ । हारदेखि अत्तालिएकाबाट त्यस्तो गलत व्यवहार भएपनि आफूले त्यसलाई सामान्य रूपमा लिएर दुर्व्यवहार गर्नेलाई छाडिएको खतिवडाको भनाई छ । 

सम्बन्धित समाचार : भोट माग्न जाँदा चुनावी सभामै कुटिए विरोध खतिवडा

सम्बन्धित समाचार – एमालेले आफ्नो मुख देखाउन नसकेर जाँड खुवाएर मान्छे पठायो : विरोध खतिवडा

Tags :
प्रतिक्रिया दिनुहोस