मोरङ ३ को प्रदेश सभा (क) मा उम्मेदवारको मनोनयन दर्ता भोलि, नयाँ कार्यतालिका प्रकाशित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मोरङ ३ को प्रदेश सभा (क) मा उम्मेदवारको मनोनयन दर्ता भोलि, नयाँ कार्यतालिका प्रकाशित


२३ कार्तिक २०७९, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र (क) मा चुनावका लागि नयाँ कार्यतालिका प्रकाशित गरेको छ।

नेपाली काँग्रेसका उम्मेदवार रहेका शेखरचन्द्र थापाको आज निधन भएपछि यो क्षेत्रमा फेरि उम्मेदवारको मनोनयनका लागि कार्यतालिका प्रकाशित भएको छ।

आयोगका अनुसार कात्तिक २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्ने समय दिइएको छ।

उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची कात्तिक २४ गते अपराह्न ४ बजेभित्र आयोगले प्रकाशित गरिसक्नेछ।

उम्मेदवारको विरोधमा कात्तिक २४ गते अपराह्न ४ बजेपछि ५ बजेसम्म सूचना दिन सकिनेछ।

उम्मेदवारको नामावली फिर्ता लिन कात्तिक २५ गते पाइनेछ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन भने कात्तिक २५ गते अपराह्न ३ बजेसम्म हुनेछ।

उम्मेदवारलाई कात्तिक २५ गते अपराह्न चिन्ह दिइने आयोगले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस