२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले नेतृत्वको सरकारले मात्र राष्ट्र निर्माण गर्न सक्छ : देवी ज्ञवाली

अ+ अ-

काठमाडौँ । चितवन क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार बनेका एमाले पोलिटव्यूरो सदस्य देवी ज्ञवालीले स्थानीय आवश्यकताका आधारमा विकास गर्न एमाले उम्मेदवार सक्षम रहेको बताएका छन् ।

आज (बुधबार) भरतपुर १२ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता ज्ञवालीले एमाले उम्मेदवार सांसद हुन मात्र नभई देश र जनताका पक्षमा काम गर्न हिँडेको बताए । उनले आफू सधैँ चितवनका जनताको सुख दुखमा साथमा रहेको भन्दै जनताबाट कहिल्यै टाढा नबनेको बताए ।

‘हाम्रो नेतृत्वमा सरकार बनेमा बृद्धभत्ता मासिक पाँच हजार पुर्याउँछौं’, उनले भने’ ‘युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्छौ ।’ उनले एमाले सरकारमा हुँदा ल्याएका कार्यक्रमहरू अहिले पनि जनतामाझ लोकप्रिय रहेको बताए । जनताको आर्थिक अवस्था उकास्ने योजना एमालेसँग मात्रै रहेको भन्दै उनले ढुक्क भएर मतदान गर्न आग्रह गरे ।

‘एमाले नेतृत्वको सरकारले मात्र राष्ट्र निर्माण गर्न सक्छ । नेपाल सिक्किमिकरण हुनबाट बचाउन र राष्ट्रियता कायम गर्न सक्नेछौँ’, उनले भने ।’ स्थानीय, प्रदेश र सङ्घ सरकारलाई बलियो बनाएर जनताको काम गर्ने योजनाका साथ एमाले निर्वाचनमा होमिएको उनको भनाई छ । ज्ञवालीले चितवन २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णभक्त पोखरेलसँग घरदैलो गरिरहेका छन्  ।

प्रतिक्रिया दिनुहोस