डोटी केन्द्रबिन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

डोटी केन्द्रबिन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प


२२ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । डोटी केन्द्रबिन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्पको धक्का सुदूरपश्चिम र कणालीका विभिन्न जिल्लामा महसुस भएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताए । 

भूकम्प मंगलबार राति ९ बजेर ७ मिनेटमा गएको थियो । भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै विवरण छैन । भूकम्प भारतका विभिन्न भागमा समेत महसुस भएको बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस