चितवन २-विदेशिनु पर्ने बाध्यता हटाएर १० हजार युवालाई रोजगारी दिन्छु : उमेश श्रेष्ठ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चितवन २-विदेशिनु पर्ने बाध्यता हटाएर १० हजार युवालाई रोजगारी दिन्छु : उमेश श्रेष्ठ


२२ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका उमेश श्रेष्ठले यहाँका १० हजार युवालाई रोजगार दिने बताएका छन् । 

चुनाव प्रचार प्रसारका लागि घरदैलो गर्ने क्रममा उनले जनतासामु यस्तो वाचा गरेका हुन् । उनले चितवनमा राष्ट्रिय, बहुराष्ट्रिय उद्योगहरू भित्र्याएर, शक्तिखोर औद्योगिक क्षेत्र निर्माण गरेर हजारौँ रोजगारी सृजना गर्ने बताए । इच्छाकामनाका पहाडहरूमा लघुउद्यम सञ्चालन गरेर यहाँको समग्र आर्थिक विकास र रोजगार सृजना गर्ने उनको प्रतिबद्धता छ ।

महिलाहरूलाई स्वरोजगार बन्न तालिम प्रदान गर्ने, युवाहरूलाई विभिन्न सीपमूलक तालिम दिने र विदेशिनु पर्ने बाध्यता हटाएर यही ठाउँमा काम गर्न सक्ने गरी वातावरण बनाउने उनको वाचा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस