१५ हजार मतान्तरले चुनाव जित्छु : देवेन्द्र पौडेल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१५ हजार मतान्तरले चुनाव जित्छु : देवेन्द्र पौडेल


२२ कार्तिक २०७९, मंगलबार


ढोरपाटन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आफूले यस पटकको निर्वाचन १५ हजार मतान्तरले जित्ने दाबी गरेका छन् ।

आज बागलुङको तारा खोलामा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै मन्त्री पौडेलले अहिलेको लडाइ प्रतिगमनकारीविरुद्ध भएकाले सबै एकजुट हुनुपर्ने बताए ।

प्रतिगमनकारीहरू लोकतन्त्रलाई समाप्त पार्न खोजेको आरोप लगाउँदै उनले उनीहरू संविधान विरोधी भएको समेत बताए ।

बागलुङ क्षेत्र नम्बर २ बाट पाँच दलीय गठबन्धनका साझा उम्मेदवारसमेत रहेका मन्त्री पौडेलले भने, ‘पाँच दल एकै ठाउँमा नआएको भए प्रतिगामीहरूले मुलुकलाई अँध्यारो सुरुङभित्र हालिसक्थे ।’

पाँच दलीय गठबन्धन चुनावका लागि मात्र नभई लोकतन्त्र र संविधान रक्षाका लागि बनेको हो उनको भनाइ छ ।

अघिल्लो कार्यकालमा सुरु गरेका योजना पूरा गर्न र यस क्षेत्रको मुहार फेर्नका लागि आफू फेरि एक पटक चुनावमा होमिनुपरेको मन्त्री पौडेलले जिकिर गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस