प्रकाश दूतराज भन्छन्- ‘म केही छिन् हराउँनु म मर्नु हैन नि !’ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

प्रकाश दूतराज भन्छन्- ‘म केही छिन् हराउँनु म मर्नु हैन नि !’


२२ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । गायक प्रकाश दूतराजले अस्ट्रेलियामा आत्महत्या प्रयास गरेको समाचार आएपछि गायक दूतराजले त्यसको खण्डन गरेका छन् । आफू केही बेर हराएको घटनालाई लिएर आत्महत्या प्रयास गरेको भनी अतिरञ्जित गरिएको उनको दुखेसो छ ।

अष्ट्रेलियामा रहेका दूतराजले लेखेका छन्, ‘ म केही छिन् हराउँनु म मर्नु हैन नि !’ आफू कहिलेकाँही त्यतिकै हराइदिने गरेको, कहिले अँध्यारो बन्द कोठाभित्र घण्टौंसम्म आफैंलाई थुनिदिने गरेको पनि बताएका छन् ।

‘हजारौं कोसिस गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘ यसलाई रोग भनु या मेरो विशेषता ?’ यही कारणले पनि आफूले आफैंलाई दुस्खी बनाउने गरेको उनको भनाइ छ ।

उनले समाचारपछि आफू र परिवारलाई असजिलो महसुस भएको गुनासो गरेका छन् । ‘समाचार चढें असजिलो महसुस भयो, ‘ उनले अघि लेखेका छन्, ‘ बोली मधुरो पार्दै आमाले फोन गर्नुभएको थियो – सानो दुस्खले जन्माएको हुर्काएको होइनौं नि तिमीहरू लाई !’

गलत बुझाइका कारण समाचार आएको दाबी दूतराजको छ । र, त्यसले शुभचिन्तकहरूमा परेको असरप्रति क्षमा माग्दै उनले अन्तिममा लेखेका छन्, ‘ माया गर्नेहरूको आँसुले सराप्छ, कसरी मार्न सक्थें र यो शरीरलाई ?’

अहिले गायक दूतराज सांगीतिक कार्यक्रममा अष्ट्रेलियामा रहेका छन् । अष्ट्रेलियामै रहेका बेला होटेलमै आत्महत्या प्रयास गरेको समाचार आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस