चुनावसम्म साधारणसभा नगर्न सहकारीलाई सरकारको निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चुनावसम्म साधारणसभा नगर्न सहकारीलाई सरकारको निर्देशन


२१ कार्तिक २०७९, सोमबार


काठमाडौं । बाग्मती प्रदेश सरकारले प्रदेशका सहकारी संस्थालाई ४ मंसिरसम्म कुनै पनि साधारणसभा नगर्न र नगराउन निर्देशन दिएको छ । साधारणसभामा जनप्रतिनिधि, प्रतिनिधि सभा एवम् प्रदेश सभाका उम्मेदवारहरू आमन्त्रण गर्दा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै प्रदेशको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त निर्देशन दिएको हो ।

‘प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन (२०७९) को सन्दर्भमा निर्वाचन आयोगबाट आचारसंहिता जारी भएको सबैमा सर्वविदितै छ। 

सो सन्दर्भमा आचारसंहिता लागु रहेको अवधिमा बागमती प्रदेशभित्र रहेका कतिपय सहकारी संघरसंस्थाहरुले साधारण सभा गर्दा जनप्रतिनिधि, प्रतिनिधि सभा एवं प्रदेश सभाका उम्मेदवारहरू आमन्त्रण गर्ने गरिएको भन्ने बुझिन छ । 

सो कार्यबाट निर्वाचन आचारसंहिता उल्लङ्घन हुन सक्ने अवस्था देखिएकाले ४ मंसिर २०७९ सम्म कुनै पनि साधारणसभा नगर्न, नगराउनु हुन सबै सहकारी सङ्घ-संस्थाहरुलाई यो सूचना जारी गरिएको छ’ सूचनामा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस