काठमाडौँ । डडेलधुराबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचार प्रसार गर्न प्रशासनले रोक लगाएको बताएका छन्।
काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न गुल्मीबाट डडेलधुरा पुगेका ढकालले माइकिङ गरेर प्रचार गर्न प्रशासनले रोक लगाएको दाबी गरेका छन्।
उनले आफूलाई हर्क साम्पांङले जसरी प्रचार गर्न नदिइएको आरोप लगाएका छन्।
सोमबार सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमा उनले भनेका छन्, ‘मलाई जोगाइदिनुस् मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लङ्घन गर्दा आँखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरी माइकिंग गर्न पनि दिएको छैन।

