२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा लगानी विस्तारका लागि महासङ्घले गर्‍यो यस्तो आग्रह

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले नेपालमा लगानी विस्तारका लागि दक्षिण कोरियाका उद्योगी तथा व्यवसायीसँग मिलेर काम गर्न आग्रह गरेको छ । 

नेपाल भ्रमणमा रहेको कोरियाको माथिल्लो सदन नेसनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनको नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधिमण्डलसँग महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल कोरियाबीच रहेको आपसी आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, पर्यटन, पूर्वाधार, कृषि, ऊर्जा, औद्योगिक विकासमा कोरियन लगानी, प्रविधिका बारेमा छलफल गर्दै उक्त आग्रह गरेका हुन् ।

उनले कोरियाले गरेको आर्थिक विकासको मोडल नेपालका लागि पनि महत्वपूर्ण रहेको बताए । दुवै देशका निजी क्षेत्रबीचको सम्बन्ध बलियो बन्न सक्यो भने लगानी, प्रविधि तथा अनुभवसमेत ल्याउन सहज हुने हुँदा निजी क्षेत्रबीचको सम्बन्ध विस्तारमा सहयोग गर्न आग्रह गरे । वरिष्ठ उपाध्यक्ष ढकालले बाह्य लगानी ल्याउनेमा निजी क्षेत्रले सरकारलाई निरन्तर झक्झक्याइरहेको र सोही अनुसार बाह्य लगानीसँग सम्बन्धित महत्वपूर्ण ऐन कानुनहरु संशोधनसमेत भइसकेको स्पष्ट पारे ।

महासङ्घका उपाध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति भरतराज आचार्य, महासङ्घका महानिर्देशक गोकर्णराज अवस्थी र कोरियन प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी सो भेटवार्तामा महासङ्घका तर्फबाट कोरियन उत्पादनमूलक उद्योगहरू कोरियाबाट अन्यत्र स्थानान्तरण भइरहेकाले स्वच्छ ऊर्जाको राम्रो प्रबन्ध, सस्तो श्रम र विशाल बजार समेतका आधारमा ती उद्योगहरू नेपालमा आकर्षित गर्नेतर्फ सहयोग गर्न आग्रह गरिएको थियो ।

सो अवसरमा प्रतिनिधिमण्डलका नेता एवं कोरियाको माथिल्लो सदन नेसनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनले कोरियाको आर्थिक विकासको अनुभव सुनाउँदै नेपालको आर्थिक विकासमा सहयोग गर्न कोरिया सधैँ तयार रहेको बताए । महासङ्घले दिएका सुझावको कार्यान्वयनमा आफूहरूले सक्दो सहयोग र समन्वय गर्ने विश्वाससमेत उनले दिलाएका छन् ।

प्रतिक्रिया दिनुहोस