सदाचार दीप सम्मान : कर्मचारीसहित ५ जना सम्मानित हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सदाचार दीप सम्मान : कर्मचारीसहित ५ जना सम्मानित हुने


२१ कार्तिक २०७९, सोमबार


काठमाडौँ । यस वर्षको ‘सदाचार दीप सम्मान-०७९’ बाट पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीसहित ५ जना सम्मानित हुने भएका छन् ।

‘एन्टिकरप्सन एकेडेमी नेपाल’ले गर्ने सम्मान पाउनेमा कार्कीसहित बागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, समाजसेवी भद्र कुमारी घले, शिक्षाविद् प्रा.डा. सुरेशराज शर्मा र नेपाल सरकारका पूर्व सचिव भरतबहादुर थापा छन्।

न्याय सेवा क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै कार्कीलाई सम्मान गर्न लागिएको हो। यस्तै राजनीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याए बापत शाक्यलाई सम्मान गर्न लागिएको एकेडेमीले जनाएको छ।

त्यस्तै, समाज सेवाको क्षेत्रबाट घले, शिक्षा क्षेत्रबाट प्रा.डा. शर्मा र निजामती प्रशासनको क्षेत्रबाट थापालाई सम्मान गर्न लागिएको एकेडेमीका व्यवस्थापक दिल बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार सम्मान अगामी १० मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट प्रदान गरिनेछ। एकेडेमीले गर्न लागेको यो दोस्रो पटकको सम्मान हो।

Tags :
प्रतिक्रिया दिनुहोस